नेभिगेशन
सुरक्षा अपडेट

माटोको ढिस्कोमा पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु

मुस्ताङ  । अचानक खसेको माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा आज दिउँसो अचानक ढिस्को खसेर दुई जना मजदुरको पुरिएर मृत्यु भएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका-१ का २३ वर्षीय रवि दर्लामी र सर्लाहीको लालबन्दी नगरपालिका-१५ का २३ वर्षीय होमबहादुर बुढाथोको रहेका छन् । मुस्ताङ प्रहरीले उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

मृत्यु घटनाबारे मुस्ताङ प्रहरीले थप अनुसन्धान सुर गरेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्