बिकाश डाँगी/तुलसीपुर । दुई वर्ष पुराना सबै मुद्दाको उच्च अदालत तुलसीपुर दाङले फर्छ्यौट गरेको छ।ढिलो गरि न्याय दिनु भनेको न्याय नदिनु सरह मानिने हुँदा पुराना मुद्दालाई प्राथमिकता दिएर फर्छ्यौटमा ध्यान दिइएको अदालतका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले जानकारी दिए । उनका अनुसार अहिले अदालतमा दुई बर्ष पुराना मुद्दाहरु एउटा पनि बाँकी छैनन् ।
अदालतले एक वर्षको अवधिमा ७० प्रतिशत मुद्दा किनारा लगाएको छ भने दूई वर्ष अवधि नाघेका मुद्दा अब एउटा पनि बाँकी छैनन् ।
बितेको आर्थिक बर्षमा अदालतमा दूई वर्ष अवधि नाघेको ३८ वटा मुद्दाहरू थिए । आर्थिक वर्ष २०८०-०८१ मा दर्ता भएका एक हजार चार सय ९९ मुद्दामध्ये एक हजार ८० मुद्दाको फर्छ्यौट गरिएका थिए।
त्यस्तै पाँच सय १९ मुद्दा जिम्मेवारी सरी आएका थिए । अब ४१९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् ।
विगतका वर्षहरूको तुलनामा बितेको वर्षमा उल्लेख्य मात्रामा मुद्दाहरूको फर्छ्यौट भएको मुख्य न्यायाधीस पाण्डेले बताएका थिए ।
अदालतमा २०८० साउनदेखि २०८१ असारसम्म ६ महिना भित्रका चार ९२ वटा, ६ महिनादेखि १ वर्ष भित्रका तीन सय ११ वटा, एक वर्षदेखि १८ महिना भित्रका एक सय २० वटा, १८ महिनादेखि दुई वर्षसम्मका एक सय १९ वटा र दुई वर्ष नाघेका ३० वटा मुद्दाहरू थिए ।
ती मध्य ६ महिना भित्रका तीन सय ३९ वटा, ६ महिनादेखि एक वर्ष भित्रका ६२ वटा, एक वर्षदेखि १८ महिना भित्रका १७ वटा, १८ महिनादेखि दूई वर्षसम्मका एउटा मुद्दा फर्छ्यौट हुन बाँकी रहको अदालतले जानकारी दिएको छ ।
त्यस्तै उच्च अदालतले गत आर्थिक वर्षमा आठ सय ६१ वटा मुद्दा फर्छ्यौटको लक्ष्य लिएकोमा एक हजार ८० अर्थात वार्षिक लक्ष्यको तुलनामा २५ दशमलब ४३ प्रतिशत बढी प्रगति भएको मुख्य न्यायाधीश पाण्डेयले बताए ।
बितेका पाँच आर्थिक वर्षको तथ्याङ्क विश्लेशन गर्दा प्रत्येक वर्ष अदालतमा मुद्दाको संख्या बढ्दै गइरहेको जानकारी दिइएको छ ।
आर्थिक वर्ष २०७६- ७७ मा जिम्मेवारी सरि आएका एक सय ९५ वटा, नयाँ दर्ता तीन सय ८७ गरी कुल पाँच सय ८२ मुद्दा मध्य चार सय आठ मुद्दा फर्छ्यौट भएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७७- ७८ मा जिम्मेवारी सरि आएका एक सय ७४, नयाँ दर्ता भएका छ सय ७ गरी सात सय ८३ मुद्दा मध्य पाँच सय २० मुद्दा फच्र्यौट भएका थिए । आर्थिक वर्ष २०७८-७९ मा जिम्मेवारी सरि आएका दूई सय ६३, नयाँ दर्ता भएका सात सय ३० गरी कुल नौं सय ९३ मुद्दा मध्य छ सय चार मुद्दा फच्र्यौट भएका थिए । आर्थिक वर्ष २०७९- ८० मा जिम्मेवारी सरि आएका तीन सय ८९, नयाँ दर्ता भएका छ सय ६३ गरी एक हजार ५२ मुद्दा मध्ये पाँच सय ३३ फर्छ्यौट भएका थिए ।
त्यस्तै पछिल्लो समय अदालतमा लागूऔषध सम्बन्धि एक सय १७ मुद्दा दर्ता भएका मध्य ७७ वटा फर्छ्यौट भएका छन् । ज्यान मार्ने उद्योगमा एक सय ६२ मुद्दा दर्ता भएकोमा एक सय २५ किनारा लगाइएको छ । त्यस्तै जबरजस्ती करणी एकसय ६२ मुद्दा दर्ता भएकोमा एक सय १९ वटा फर्छ्यौट भएका थिए ।
सवारी ज्यानका मुद्दा ३७ दर्ता भएकोमा ३१ किनारा लागेका छन् ।
दाङ जिल्ला अदालत, रोल्पा, रुकुम, प्यूठानका अदालतहरू पनि फच्र्यौटमा गर्नमा तदारुकताका दिएका छन् ।
जिल्ला अदालत दाङमा ५६८ मुद्दा फर्छ्यौट
गत आर्थिक वर्षमा मा दाङ जिल्ला अदालतमा पाँच हजार चार ९९ मुद्दा दर्ता भएकोमा तीन हजार पाँच सय ६८ फर्छ्यौट भएका छन् । रोल्पा जिल्ला अदालतमा छ सय ६३ मुद्दा दर्ता भएकोमा पाँच सय ४३ , प्यूठान जिल्ला अदालतमा सात सय चार मुद्दा दर्ता भएकोमा पाँच सय एक र रुकुम पूर्व जिल्ला अदालतमा दुई सय २४ मुद्दा दर्ता भएकोमा एकसय ९३ मुद्दा फर्छ्यौट गरिएका छन् ।