नेभिगेशन
सुरक्षा अपडेट

पोखरामा खोलामा पौडी खेल्दा दुई युवकको डुबेर मृत्यु

पोखरा । खोलामा पौडी खेल्ने क्रममा दुई युवकको डुबेर मृत्यु भएको छ। 

पोखरा महानगरपालिका-२३ घाँटीछिनाको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरा-१ का १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा-२ बाग्लुङ बसपार्कका १८ वर्षकै स्वयम् ताम्राकारको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ।

आज दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुबै युवकको शवलाई सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्