नेभिगेशन
नेपाल प्रहरी

अर्कैको नागरिकता दुरुपयोग गरेर बैंकमा खाता,पक्राउ परे शर्मा

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्कैको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेको आरोपमा एज युवकलाई पक्राउ गरेको छ । 

अपराध अनुसन्धानको टोलीले  दोलखा बैतेश्वर गाउँपालिका-६का ध्रुवकृष्ण शर्मालाई पक्राउ गरेको जनाएको  छ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका ३४ वर्षीय शर्माले मुक्तिनाथ विकास बैंकको थिमीस्थित  शाखालाई झुक्काएर अर्कैको नागरिकता प्रयोग गरेर खाता खोलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

आरोपी शर्माले धनुषाका सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरेर खाता खोलेको एसपी आचार्यले बताए । अर्कैको नागरिकता प्रयोग गरेर आफ्नो फोटो र मोबाइल नम्बर राखेर खाता सञ्चालन गरेका शर्माले चेकबुक दुरुपयोग गरेको उपत्यका अपराध अनुसन्धानले जनाएको छ। 

अपराध अनुसन्धानको टोलीले पक्राउ परेका शर्मालाई आबश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी पठाएको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्