नेभिगेशन
सुरक्षा अपडेट

त्रिशुलीमा बेपत्ता भएका २५ यात्रुको शव फेला, हालसम्म १७ को पहिचान

चितवन । त्रिशुलीमा बेपत्ता भएका दुई बसका ६२ जना यात्रुमध्ये हालसम्म २५ जनाको शव फेला परेको छ।

असार २८ गते शुक्रबार बिहान साढे ३ बजे चितवनको सिमतालमा पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएका बसका २५ जना यात्रुको शव फेला पर्दा १७ जनाको पहिचान खुलेको चितवन प्रहरीले जानकारी दिएको छ।

१७ जनाको शवमा बेपत्ता भएको एन्जल डिलक्सका मालिकको समेत पहिचान खुलेको हो।

काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा बेपत्ता भएका हुन् । दुबै बसमा ६५ जना यात्रु सवार हुँदा ३ जना यात्रु भने पौडी खेलेर बाच्न सफल भएका थिए।

विवरण-

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्