काठमाडौं । आचरणविपरीत कार्य गर्ने नेपाल प्रहरीका १७ सय १ कर्मचारी कारबाहीमा परेका छन् । २०८०/०८१ को एक वर्षको अवधिमा प्रहरीतर्फ एसएसपीदेखि प्रहरी जवानसम्म कारबाही परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस अवधिमा सामान्य कारबाहीमा पर्नेमा तीन जना एसएसपी पनि रहेका छन् ।प्रहरी प्रधान कार्यालयले २०८०/०८१ को वार्षिक कार्य सम्पादनको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कारबाही पर्नेमा सबैभन्दा बढी प्रहरी जवान रहेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए।
प्रवक्ता कार्कीका अनुसार २०८०/०८१ मा एक जना एसपी,११ डीएसपी,२६ इन्स्पेक्टर,१६ वरिष्ठ सई,४८ जना सई कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै कारबाहीमा पर्नेमा ११८ जना असई, ६७ वरिष्ठ हवल्दार,२८२ जना प्रहरी हवल्दार, ३३८ सहायक हवल्दार र ७६४ जना प्रहरी जवान कारबाहीमा परेका हुन् ।
यसैगरी यस एक वर्षको अवधिमा ८ हजार ८३४ जना पुरस्कृत भएका छन,। जसमा ३ जना एआईजी, १० डीआईजी, ३९ जना एसएसपी, ७९ एसपी,२२६ डीएसपी, इन्स्पेक्टर ५८५ जना पुरस्कृत भएका हुन् । त्यसैगरी पुरस्कृत हुनेमा ३९३ जना वरिष्ठ सई, ६२३ जना सई, ११ सय ८९ असई, ५५२ जना वरिष्ठ हवल्दार, ११ सय ९४ जना हवल्दार, १५ सय ७६ जना सहायक हवल्दार , २१ सय ३९ जना जवान र कार्यालय सहयोगीतर्फ २५६ जना पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।