नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा प्रहरीले गर्‍यो मन्दिर परिसरको सरसफाइ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले मन्दिर परिसरको सरसफाइ गरेको छ।

जिल्ला प्रहरी बर्दिया मातहतको स्थानीय प्रहरी चौकी खैरापुर 'ख' को टोलीले आइतबार  गुलरिया नगरपालिका-१ शिव चोकस्थित अर्धनारीश्वर महादेव मन्दिर परिसरको सरसफाइ गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

'समुदाय प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत स्थानिय नागरिकको उपस्थितिमा मन्दिर परिसर सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बर्दिया प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्