नेभिगेशन
सुरक्षा अपडेट

छिमेकीको घर जाँदै गरेकी १० वर्षीया बालिकाको मोटरसाइकलको ठक्करले मृत्यु

तुलसीपुर । दाङको लमहीमा छिमेकीको घरमा जाँदै गरेकी एक बालिकाको मोटरसाइकलको ठक्कर बाट मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीकी १० वर्षीया स्वस्तिका चौधरीको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो।

आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गर्दा बाटो काट्ने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएपछि अचेत बनेकी थिइन ।

स्थानीय चन्द्रप्रसाद चौधरीकी छोरी स्वस्तिकालाई तत्कालै लमही अस्पताल पु¥याइएको भएपनि उनको उपचारका क्रममा केही बेरमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले  बताए । बाटो काट्दै गरेकी स्वस्तिमालाई पश्चिमवाट पूर्व तर्फ जाँदै गरेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवाका २९ वर्षीय अपिल शर्मापनि घाइते छन् । लमहीमा प्रारम्भिक उपचार पछि शर्मालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्