नेभिगेशन
नेपाल प्रहरी

कास्की प्रहरीका नक्कली सूचना अधिकारी पक्राउ

पोखरा । सर्वसाधारणसँँग पैसा माग्दै हिंड्ने जिल्ला प्रहरी कास्कीका नक्कली सूचना अधिकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कास्कीले पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरका कास्की प्रहरीका नक्कली सूचना अधिकारी २१ वर्षीय सुजित क्षत्रीलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका क्षेत्रीले ‘म कास्की प्रहरीको सूचना अधिकारी हुँ, तपाईहरुका केही काम काम छ भने भन्नुहोस् गरिदिन्छु’ भन्दै विभिन्न व्यक्तिलाई ह्वाटएपबाट सम्पर्क गरी पैसा मागेको कास्की प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका नक्कली सूचना अधिकारी क्षेत्रीलाई  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा  जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी शर्माले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्