नेभिगेशन
नेपाल प्रहरी

ट्रक चालकले नेपालगन्ज लैजादै थिए साढे ५ किलो अफिम, बाटोमै पक्राउ परे मदनप्रकाश

दाङ । प्रहरीले साढे ५ केजी अफिमसहित एक जना ट्रक चालक पक्राउ गरेको छ। ट्रकमा चामलको बोरा भित्र लुकाएर लैजाँदै गरेको प्रतिबन्धित अफिमसहित ट्रक चालकलाई पश्चिम रुकुम प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका-५ का ३२ बर्षीय मदनप्रकाश गिरी छन् । उनलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो ।साउन ५ गते राति ९ बजेतिर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- १४ छेपारीस्थित भेरी करीडोर सडक खण्डबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

गिरीले नै चालएको र गोतामकोटदेखि बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको भे १ क १७८० नम्बरको ट्रक आशंका लागेर चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए ।

ट्रकको सहचालक बस्ने सिटको मुनी चामलको बोरा भित्र तीन वटा प्लाष्टिकमा लुकाइ छिपाई लैजान लागेको अफिम फेला परेको थियो । फेला परेको अफिम तौल गर्दा ५ केजी ५४५ ग्राम रहेको रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

जिल्ला अदालतले सोमबार गिरीलाई १० दिन हिरासतमा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्