नेभिगेशन
नेपाल प्रहरी

नाबालिकाहरुलाई बेचबिखन गरेर अनैतिक कार्यमा लगाएको आरोपमा युट्युुबर पक्राउ

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकाहरुको बेचबिखन गरेको आरोपमा एक जना युट्युुबरलाई पक्राउ गरेको छ।

ब्युरोको टोलीले काभ्रेस्थित चौरीदेउराली गाउँपालिका-१ घर भएर काठमाडौंको बत्तिसपुतली बस्दैबाएका २० वर्षीय कुशल खरेललाई मंगलबार पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ परेका युट्युुबर खरेलसहित केही व्यक्तिले भक्तपुर जिल्लास्थित मध्यपुर थिमी नगरपालिका-१ मनोहरा जडिबुटीमा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएर आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरूलाई वेटरको काममा लगाउँथे। तर ग्राहकहरूसँग बसेर खान लगाएर धेरै बिल उठाउने काममा लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ।

साथै उनीहरुले गेष्ट हाउसमा बस्ने नाबालिकाहरूलाई यौन सम्पर्क राख्न बाध्य पारेको पनि अनुसन्धानबाट खुलेको छ। प्रति व्यक्ति हजारदेखि पाँच हजारसम्म लिएर नाबालिकालाई जबरजस्ती यौन सम्पर्क बस्न बाध्य पारेको खुलेको हो। प्रहरीले छापा मार्दा हाउसबाट प्रयोग भएका र नभएका अस्थायी साधन,  प्रेग्नेन्सी टेष्ट र गर्भ निरोधक औषधि पनि फेला पारेको थियो।

प्रहरीका अनुसार उनीहरुले बालिकालाई पनि जबरजस्ती गर्ने गरेको खुलेपछि प्रहरीले असार २४ गते नै घटनामा संलग्न वीरबहादुर सिंतान र सुबिलाल सिंतानलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको ब्युरोले जानकारी दिएको छ।पक्राउ परेका खरेल नेपाली काउन्टडाउन नामक युट्युब च्यानलका संचालक रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्