नेभिगेशन
नेपाल प्रहरी

पूर्व राज्यमन्त्री हत्या प्रकरण: सहयोगीको पोलिग्राफ परीक्षणमा झुट देखियो

सर्लाही । सर्लाहीमा भएको पूूर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै सहयोगीले गरेको खुल्न आएको छ। प्रहरीको अनुसन्धानमा पूूर्व राज्यमन्त्रीकै घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेको निष्कर्ष निस्किएको पाइएको हो।

सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित रायको आफ्नै घरमा साउन ७ गते हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीलाई राम उजेनले आफुले पूूर्व राज्यमन्त्रीको हत्या गरेको बयान दिएको अनुसन्धानमा संंलग्न अधिकृत बताउँछन। रायले राम उजेनलाई गाली गरेपछि आवेशमा आएर बन्चरोले हानेर हत्या भएको प्रहरीले जानकारी दिएको छ।

तर प्रहरीले गरेको पोलिग्राफ परीक्षणमा राम उजेनले झुट बोलेको देखिएको जानकारी दिएको छ। रतनपुरमा रहेका ३ वटा घरहरु मध्ये एउटा घरमा सहयोगी राम उजेनसँँग पूूर्व राज्यमन्त्री राय बस्दै आएका थिए। राम उजेनले काम बिगारेको भन्दै रायले गाली गरेपछि आवेशमा आएर उनको हत्या गरेको बताएपनी यसअघि उनले राति घरमा आएका ३ जना मानिसहरु रायको हत्या गरेको राम उजेन बताएका थिए।

तर राम उजेनको पोलिग्राफ परीक्षणमा झुट बोलेको देखिएको जानकारी दिदै पुन: थप अनुसन्धानमा लागेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्