नेभिगेशन
सुरक्षा अपडेट

मिटरब्याज सम्बन्धी उजुरीका चाङमाथि चाङ

महोत्तरी । महोत्तरी प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०/८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फर्छयौट  भएका छन् । 

अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबार बताउँछन् ।

सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उनले बताए । 

कानुनी सीमाका कारण धेरै मुद्दामा निर्णायक छलफल नै हुन नसकेको उनको कथन छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्