नेभिगेशन
नेपाल प्रहरी

माछापुच्छ्रे बैंकको एटिएम फोड्दै गरेका रौतहटका एक युवक बालाजुबाट पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

आज बिहान २ बजेर ४४ मिनेटमा काठमाडौं-१६ बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोड्ने १८ वर्षीय राधेश्याम बैठालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

एटिएम फोडिरहेको सूचना पाए लगत्तै गएको प्रहरी टोलीले रौतहटको यमुनामाई गाउँपालिका-१ घर भएर हाल काठमाडौं बस्दै आएका १८ वर्षीय राधेश्यामलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीले पक्राउ गरेको राधेश्यामको साथबाट एटिएम फुटाउन प्रयोग गरेको फलामको रड पनि बरामद गरेको जानकारी दिएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्