नेभिगेशन
सुरक्षा अपडेट

पोखरा स्कुल बस दुर्घटना अपडेट: उपचारका क्रममा आमा-छोराको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको विद्यार्थी सवार स्कुल बस दुर्घटना  उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। पोखराको छोरेपाटन पारी आज बिहान स्कुल बस दुर्घटना हुँदा गम्भीर घाइते भएकी ३३ वर्षीय वर्षीय आरती विक र उनका ४ वर्षीय छोरा प्रिन्सको मृत्यु भएक्प कास्की प्रहरीले जनाएको छ। 

आज बिहान ८ः३० बजे ग१क ६२१९ नम्बरको बस पोखरा-२१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएको हो ।

बसमा सवार बस चालक र सहचालकसहित २६  जना जना सामान्य घाइते रहेको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार  बिहन मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको कास्की प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन्। घाइते हुने चालकमा पोखरा-१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।

घाइते विद्यार्थीमा पोखरा-२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षी अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी पोखरा-२१ का ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा-१७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा-२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा-१७ की सिजा विक, पोखरा(२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्