नेभिगेशन
नेपाल प्रहरी

आमाछोराले गरे आफ्नै छिमेकीको हत्या

जनकपुर। धनुषाको मंगलपुरमा एक पुरुषको आफ्नै छिमेकीबाट हत्या भएको छ। जिल्लास्थित धनुषाधाम नगरपालिका-२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ भने उनकी ३५ वर्षीय श्रीमती श्यामु ठाकुर कुटपिटबाट घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका २१ वर्षीय छोरा नागेश्वर मुखियाले सोमबार कुटपिट गर्दा ४५ वर्षीय भोगेन्द्रको मृत्यु भएको हो । 

कुटपिटबाट गम्भीर घाइते भएका भोगेन्द्रको उपचारका क्रममा सोमबार नै प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। 

कुटपिटमा संंलग्न आमाछोरालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्