नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

भारतको केरलमा पहिरो जाँदा ५४ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । भारतको केरलमा गएको पहिरोमा परेर एक नेपालीसहित ५४ जनाको मृत्यु भएको छ।

आज बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा कम्तीमा हालसम्म ५४ जनाको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

भारी वर्षासँँगै आज बिहान गएको पहिरोमा फसेकाको उद्धार तथा  मृतकहरुको शव निकाल्न सयौं सुरक्षाफौज परिचालन भएका छन् । त्यहा केरलको विपद व्यवस्थापनको टोली, स!ना र प्रहरीले अहिलेपनि खोजी कार्य जारी राखेको बताइएको छ।

भारतको केन्द्र सरकारले पहिरोमा परेर मृत्यु भएका परिवारलाई २ लाख र घाइतेहरुको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग दिमे घोषणा गरेको छ। उक्त पहिरोमा परेर सयौं नागरिक घाइते भएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्