नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले गर्‍यो कर्मचारीका लागि स्वास्थ्य सेवाको सम्झौता

काठमाडौं । सशस्त्र प्रहरी बलले नेसनल सेन्टर फर रिप्रोडक्टिभ हेल्थ प्रालिबीच स्वास्थ्य सम्झौता गरेको छ।

सशस्त्र प्रहरी बल नंं. ९ पशुपतिनाथ बाहिनी काठमाडौं र  नेसनल सेन्टर फर रिप्रोडक्टिभ हेल्थ प्रालि काठमाडौंबीच विभिन्न स्वास्थ्य सेवामा छुट सम्झौता गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको नंं २४ गुल्मको समन्वयमा आज भएको करार सम्झौतामा  सशस्त्र प्रहरी बलमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त कर्मचारीका लागि स्वास्थ्य सेवा छुटको व्यवस्था गरिएको छ।

त्यस्तै उक्त सम्झौतामा अमर सशस्त्र प्रहरीका आश्रित परिवारहरु लगायत नेपाल एपीएफ स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई समेत स्वास्थ्य सेवामा छुट प्रदान गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्