नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

भ्रष्टाचार मुद्दामा दिल्लीका मुख्यमन्त्री केजरीवाल सीबीआईद्वारा पक्राउ

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआई (सेन्ट्रल ब्युरो अफ इन्भेन्टिकेसन) ले पक्राउ  गरेको छ । सीबीआईले मदिरा नीतिमा भ्रष्टाचारको आरोपमा केजरीवाललाई पक्राउ गरेको हो । 

यसअघि मदिरा नीतिमा मुद्रा अपचलन (मनि लाउन्डरिङ) गरेको आरोपमा प्रवर्तन निर्देशालय (ईडी) ले गत मार्च २१ मा गिरफ्तार गरेको थियो । 

केजरीवाल पछिल्लो ८७ दिनदेखि तिहाड जेलमा रहँदै आएका छन् । १० मेदेखि २ जुनसम्म २१ दिनका लागि भने उनी लोकसभा निर्वाचनका लागि २१ दिन पेरोलमा रहेका थिए । 

सीबीआईले गएराति ९ बजे तिहाड जेलमा पुगेर केजरीवालसँग सोधपुछ गरेको थिष्यो । 

सीबीआईले केजरीवाललाई बुधबार बिहान राउज एभेन्यु कोर्ट (ट्रायल कोर्ट) मा पेश गरेको थियो । जहाँ उनलाई सीबीआईले गिरफ्तार गरेको हो । 

नयाँ विषयमा गिरफ्तारीपछि केजरीवालले सर्वोच्च अदालतमा दिएको निवेदन पनि फिर्ता लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्