नेभिगेशन
सुरक्षा अपडेट

कुपन्डोलस्थित बागमती किनारमा पुरुषको शव भेटियो

ललितपुर । ललितपुरको बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

जिल्लास्थित ललितपुर महानगरपालिका-१  कुपन्डोल वडा कार्यालय नजिक रहेको बागमती नदी किनारमा आज बिहान ८ बजेतिर अन्दाजी ४१-४२ वर्षका पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले बागमती नदी किनारमा ती पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको जानकारी दिएको छ। ती पुरुषलाई बाढीले बगाएको जस्तो देखिएको भएपनि शव धेरै पुरानो नभएको प्रहरीले जनाएको छ।

शवको पहिचान अझै खुल्न सकेको छैन भने घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको बताएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्