नेभिगेशन
सुरक्षा अपडेट

शान्तिनगर जिप दुर्घटनामा घाइते भएका सल्यानका यमबहादुरको मृत्यु

तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिकामा भएको जीप दुर्घटनामा घाइते भएकामध्ये  एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  सल्यान जिल्लाको त्रिबेणी गाउँपालिका-३ टाड्केका ४६ बर्षीय यमबहादुर केसी रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनएको छ।

गएराति करिब पौने ११ बजेतिर चिकित्सकले केसीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

आइतबार बेलुकी साढे ७ बजेतिर तुलसीपुर बाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आँफै अनियन्त्रित भइ शान्तिनगर गाउँपालिका – १ हाँडीचारमा दुर्घटनामा पर्दा केसीसहित सात जना घाइते भएका थिए । दुर्घटनाका अन्य ६ घाइतेको उपचार जारी छ ।

उक्त दुर्घटनामा परि त्रिबेणी – की ४५ बर्षीया एश्वर्य केसी, ४५ कै पार्वती केसी, त्रिवेणी – ३ कै ३४ बर्षीया रेखा वली, सोही वडाकी ३१ बर्षीया रोजिका वली घाइते भएका छन् ।

त्यस्तै रुकुम पश्चिम जिल्लाको त्रिबेणी गाउँपालिका – ३ की २५ बर्षीया शरिता खड्का र लम्जुङ जिल्लाको मध्य नेपाल नगरपालिका – ७ की २४ बर्षीया लिला बास्तोता घाइते भएका छन् । अन्य घाइते सबैको उपचार जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्