नेभिगेशन
नेपाल प्रहरी

प्रहरीले गरायो १५ वर्षअघि हराएकी आमासँग छोराको मिलन

तनहुँ । नेपाल प्रहरीले गलत गर्नेलाई कारबाहीका लागि कानुनी दायरा ल्याउने मात्र नभई वर्षौदेखि हराएका आफन्तको मिलन गराएको छ ।

तनहुँ प्रहरीले बि.संं. २०६५ सालमा हराएर बिछोड भएका आमाछोराको १५ वर्षपछि मिलन गराउन सफल भएको छ।

महोत्तरी जिल्लाको मण्ड शिसुवा नगरपालिका-९ की ४४ वर्षीया दौलत देवी शाह श्रीमानको निधन भएपछि हराएकी उनीलाई तनहुँ प्रहरीले फेला पारेर छोरा रोशन शाहको जिम्मा लगाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

छोरा रोशन लगायत प्रहरीले लामो समय सोधखोज गर्दा पनि फेला नपरेकी दौलत देवी शाहलाई साउन १७ गते तनहुँको बन्दीपुर गाउँपालिका-३सुखौरामा एक्लै वेवारिसे अवस्थामा बसेको अवस्थामा तनहुँ प्रहरीले भेटाएको हो।

तनहुँ प्रहरीको लामो सोधपुछ पछि दौलतले आफूू लामो समयदेखि हराएको र आफ्नो घर तराईमा पर्ने बताएपछि तनहुँ प्रहरीले मधेस प्रहरीसँँग सम्पर्क गर्दा उनी लामो समयदेखि महोत्तरीबाट हराएको तथ्य फेला पारेको थियो।

तनहुँ प्रहरीले महोत्तरी प्रहरीसँँग समन्वय गरेर छोरा रोशनलाई सम्पर्क गरेर तनहुँ बोलाएर १५ वर्षपछि आमाछोराको आज मिलन गराएको हो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्