नेभिगेशन
सुरक्षा विशेष

रवि लामिछानेलाई सहकारी ठगीबाट कसरी जोगाउने मात्र रास्वपालाई चिन्ता छ: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन्।

पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन समारोहमा मंगलबार बोल्दै महामन्त्री शर्माले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रास्वपामा देखिएको बताए।

‘एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस्, कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस् त्यति मात्रै चिन्ता छ,’ रास्वपाप्रति लक्षित गर्दै शर्माले भने।

उनले नेकपा (एमाले) लाई लक्षित गर्दै गिरीबन्धु टी-इस्टेटमा कसरी जोगाउने भन्ने चिन्ता रहेको पनि बताए। ‘गिरीबन्धुको ठगीबाट अध्यक्षलाई जोगाउन सकियोस् भन्ने छ,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बहुमत जोगाउने चिन्ता रहेको उनले बताए। ‘गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ। प्रधानमन्त्रीको पद सानदार। दमदार पनि हो भन्ने कुरा बिर्सिनुभएको छ। प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ,’ शर्माले भने। न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्