नेभिगेशन
विपद घटना

पहिरोमा पुरिएर गुल्मीमा ४ जना र बागलुङमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने बाग्लुङमा एक जनाको मृत्यु भएको छ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी सोही स्थानका ३१ वर्षीय बिष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बडिगाड गाउँपालिका-९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ।भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका-१० दर्लिङमा तीन वटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । 

ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्णबहादुर केसीले बताए । 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विपद घटना
अहिले शीतलहरको समय भएकाले सबैलाई यसको प्रतिकार्यमा जुट्न बाँकेका प्रजिअको आग्रह

अहिले शीतलहरको समय भएकाले सबैलाई यसको प्रतिकार्यमा जुट्न बाँकेका प्रजिअको आग्रह

विपद्को घडिमा मिडियाको आवश्यकता र अपरिहार्यता मनन गर्न पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीको आग्रह