नेभिगेशन
नेपाल प्रहरी

करोडौं रुपैयाँ ठगी गर्ने युवक पक्राउ

काठमाडौं  । विदेश पठाउछु भन्दै झण्डै २ करोड रुपैयाँ ठगी गरेको अरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ। 

वैदेशिक रोजगारीमा राम्रो पारिश्रमिक दिलाउने भन्दै  १ करोड ९७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिराहा घर भएर हाल ललितपुरको इमाडोल बस्दै आएका ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् । एसपी आचार्यका अनुसार ठाकुर यसअघि ८ वटा मुद्दामा फरार रहेको पाइएको छ।

करोडौं रुपैया ठगी गरेर पक्राउ परेका ठाकुरविरुद्ध ८५ जनाले उजुरी दिएको एसपी आचार्यले बताए। ठाकुरलाई आबश्यक कारबाहीका लागि  वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्