नेभिगेशन
सशस्त्र प्रहरी

११ किलो बढी चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा

धनुषा  । सशस्त्र प्रहरीले धनुषाको ईटहवाबाट अवैध रूपमा भारतबाट नेपाल ल्याइएको ११ किलो बढी  चाँँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको गस्ती टोलीले जिल्लास्थित विदेह नगरपालिका-९ ईटहवामा भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको ११ किलो १२.५ ग्राम चाँँदीसहित भारतको बिहारस्थित मधुवनी जिल्लाको हरियाना ४० वर्षीय सुरेन्द्र मण्डललाई पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरीले जनाएअनुसार बरामद गरिएको चाँँदीको मूल्य १६ लाख २३ हजार रुपैयाँ रहेको छ। 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्