नेभिगेशन
नेपाल प्रहरी

६ किलो कोकिनसहित लाटभियन नागरिक पक्राउ

काठमाडौं । लागु औषध नियन्त्रण ब्युरोले ६ किलो  कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थल सुरक्षा प्रहरीले  आज बिहान १ बजे लाटभियन नागरिकलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार फ्रान्सबाट आएका ती नागरिक कतारबाट कतार एयरलाइन्समा काठमाडौं अवतरण गरेका थिए।प्रहरी स्रोतका अनुसार उनले साना खेलौना 'टेडी बियर' भित्र ६ किलो २४ ग्राम कोकिन ल्याएका हुन्। उनले उक्त कोकिन कहाँ लग्न लागेका थिए भन्ने खुलिसकेको छैन।

उनीमाथि शंका लागेपछि प्रहरीले जाँच गर्दा कोकिन फेला पारेको स्रोतले बतायो। उक्त कोकिन अवैध बजारमा झन्डै २१ करोड हुनआउने प्रहरीले जनाएको छ। प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्