नेभिगेशन
नेपाल प्रहरी

गृह मन्त्रालयले भन्यो- इन्स्पेक्टर प्रिति मिश्र ७ दिनभित्र हाजिर हुनु,अन्यथा बर्खास्त गर्छौ

काठमाडौं । गृह मन्त्रालयले सम्पर्कविहीन भएकी नेपाल प्रहरीकी एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई अन्तिम पटक सूचना जारी गर्दै ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

प्रहरीको प्राविधिक इन्स्पेक्टर डा. प्रिति मिश्र गत बैशाख १० गतेदेखि १५ दिनको घर बिदा लिएर हालसम्म सम्पर्कमा नआएपछि तत्काल हाजिर हुन भन्दै गृहले आज एक सूचना जारी गरेको हो।

पटकपटक सूचना जारी गरेपनि हालसम्म सम्पर्कमा नआएकी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई हाल मधेस प्रदेश प्रहरी अस्पतालमा सप्तरीमा कार्यरत डा.प्रितिलाई बाटोको म्याद बाहेक ७ दिनभित्र चित्तबुझ्दो  स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

गृह मन्त्रालयले चेतावनी दिदै तोकिएको समयमा हाजिर नभएमा जागिरबाट भविष्यमा कुनै सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि जागिरबाट बर्खास्त गर्ने सूचना जारी गरेको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्