नेभिगेशन
नेपाल प्रहरी

साउनमा मात्रै दाङमा ११ फरार प्रतिवादी पक्राउ

तुलसीपुर दाङ प्रहरीले साउन महिनामा मात्रै ११ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ। जसमा एक दिन कैद सजाय तोकिएका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

चिरान काठ सम्बन्धि कसुरमा २०७९ चैत २३ गते १ दिनको कैद सजाय तोकिएका किरण बुढा साउन १४ गते पक्राउ परेका छन् । २०७९ माघ १० गते लेनदेन मुद्दामा एक दिनको कैद सजाय तोकिएका लालबहादुर पुनलाई प्रहरीले साउन २४ गते पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले बताएका छन् ।

बैंकिङ कसुर मुद्दामा २०८१ असार १० गते १० दिनको कैद सजाय तोकिएका केशब सुबेदी साउन ३ गते पक्राउ परेका थिए । त्यस्तै लेनदेन मुद्दामा १० दिन कैद सजाय तोकिएका दिलकुमार पुन मगर साउन १७ गते पक्राउ परेका छन् । २०७९ फागुन १९ गतेको अदालतको फैसला पछि उनी फरार रहँदै आएका थिए।

अन्य पक्राउ पर्नेमा वन मुद्दामा २०७१ साल जेठ १२ गते २० हजार चार सय ६२ आर्थिक जरिवाना र १५ दिनको कैद तोकिएका तिलकराम चौधरी यही साउन १ गते पक्राउ परेका छन् ।

लेनदेन मुद्दामा २०७८ असोज १३ गते दुई बर्ष कैद सजायको फैसला भएकी सुनमाली घर्ती साउन ३ गते पक्राउ परेकी हुन ।

त्यस्तै अखेटो पाहार मुद्दाका फरार प्रतिबादी शिवराज नेपालीपनि साउन १४ गते पक्राउ परेका छन् । उनले ८ महिना कैद र दुई हजार रुपैंया जरिवाना भुक्तान गर्नु पर्ने छ ।

सवारी ज्यान मुद्दामा २०८० पुस १ गते १३ दिन कैद सजायको फैसला पछि फरार रहेका मोक्तान चौधरी साउन १५ गते पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दामा २ बर्ष कैद सजाय तोकिएका कृष्णबहादुर बिक साउन १७ गते पक्राउ परेका छन् । दाङ जिल्ला अदालतले २०७९ असार २८ गते बिकलाई २ बर्ष कैद सजायको फैसला सुनाएको थियो ।

पाँच वटा मोवाइल चोरी मुद्दामा २०८० असोज ६ गते ४० दिन कैद र ६ हजार जरिवानाको फैसला पछि फरार रहँदै आएका सुरद बादीपनि साउन १५ गते पक्राउ परेका छन् ।

चोरी मुद्दामा २०८० साल मंसिर २२ गते १० महिना २९ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएका दिनेश नेपाली साउन २५ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले  जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्