नेभिगेशन
नेपाल प्रहरी

बाँकेबाट बुद्धको प्राचीन स्मारकसहित ३ जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले प्राचीन स्मारकसहित तीन जनलाई पक्राउ गरेको छ।

बाँके प्रहरीले मंगलबार दिउँसो  जिल्लाको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगन्जबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ का ५० वर्षीय खिमबहादुर कुँवर, सोही स्थानका ५० वर्षीय रामु न्यौपाने र घोराही उपमहानगरपालिका-१५ का ५८ वर्षीय निमबहादुर कुँवरलाई प्राचीन बुद्धको स्मारकसहित पक्राउ जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट  ८ किलो ६८० ग्राम तौल पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेलो रङको धातुको जस्तो प्राचीन बुद्धको स्मारकका साथै अन्य केही सामाग्री बरामद गरिएको हो।

पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गर्दै बाँके प्रहरीले उनीहरुसँँग थप अनुसन्धान गरिरहेको  जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्