नेभिगेशन
नेपाल प्रहरी

पोर्चुगल पठादिने भन्दै लाखौं रुपैयाँ ठगी गरेर फरार एक युवती पक्राउ

काठमाडौं  । उपत्यका अपराध अनुसन्धान कार्यालयले एक युवतीलाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको छ। 

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठादिने भन्दै पीडितबाट ५ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी कैलालीको गोदावरी नगरपालिका-२ की दिपा चन्दलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए ।

लाखौं रुपैयाँ ठगेर पीडितसँँग सम्पर्कविहीन भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएकी चन्दलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले जानकारी दिएका छन् ।

वैदेशिक रोजगार अन्तर्गत रहेको मुद्दाका कारण पक्राउ परेकी चन्दलाई अपराध अनुसन्धानले थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुझाएको एसपी आचार्यले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्