नेभिगेशन
सुरक्षा अपडेट

बारामा माछा खाएर एकै घरका तीन बालबालिकाको मृत्यु

कलैया । बारा जिल्लामा माछा खाएर एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ। माछा खाएर बिरामी भएका  जिल्लास्थित सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको मृत्यु भएको हो।

मृत बालबालिकासहित परिवारले नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सुतेका थिए। राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए ।

सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट  प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीले अनुमान गरेको छ्भने  उक्त घटनाका बारेमा थप अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्