नेभिगेशन
सुरक्षा अपडेट

गुरुवागाउँमा सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

घोराही । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको। सर्पले डस्दा बालिकाकी आमाको अवस्थ गम्भीर रहेको छ।

जिल्लास्थित घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा गएराति सर्पले डस्दा ६ वर्षीय इन्दु चौधरीको मृत्यु भएको र ती बालिकाकी आमा आश्मा चौधरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

ती बालिकालाई सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यता जिल्ला प्रहरी कार्यालय दाङले सर्पबाट बच्न घरका झ्याल ढोका लगाउन र डस्ने बित्तिकै झारफुक नगरेर सिधै अस्पताल लैजान आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्