नेभिगेशन
सुरक्षा विशेष

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । भक्तपुरकाको गठ्ठाघर दुर्घटनाका बारेमा गृहमन्त्री रमेश लेखकले दुर्घटनाको गम्भीरपूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) लाई निर्देशन दिएका छन् । 

गृहमन्त्री लेखकले दुर्घटनाको कारण गम्भीरपूर्वक खोज्न आईजीपी वसन्तबहादुर कुँवरलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने,‘गठ्ठाघरको दुर्घटनामा के भएको हो रु दुर्घटना हुनुमा कस्को गल्ती छरु यसमा हाम्रो पुलिसफोर्सको गल्ती छ कि रु यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

बिहीबार दिउँसो गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ । ट्राफिक प्रहरीले गैरजिम्मवारीपूर्वक चेकिङ गर्दा तीव्र गतिमा आएको ट्रकले स्कुटर चालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । 

उनीहरुका अनुसार स्कुटर चालकको पहिले खुट्टा किचिएको भए पनि ट्रक चालकले ब्याक गरेर ज्यानै लिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्