नेभिगेशन
नेपाल प्रहरी

२७ जना फरार प्रतिवादी पक्राउ

पोखरा । कास्की प्रहरीले साउन महिनामा माय्रै २७ अना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन १ देखि ३२ गतेसम्ममा २२ पुरुष र पाँच महिला गरी २७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी छ ।

पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा १३, लागूऔषध मुद्दामा पाँच, चोरीसम्बन्धी मुद्दामा तीन जना, सार्वजनिक अपराध मुद्दामा दुई, आगो लगाएकोसम्बन्धी मुद्दामा दुई र लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई जना छन्।

पक्राउ परेकाबाट दुई लाख १० हजार आठ सय २५ रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्