नेभिगेशन
सुरक्षा अपडेट

खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत फेला परिन्

रोल्पा । रोल्पामा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको  खोलामा बगाएकी महिला मृत फेला परेकी छन्।  

जिल्लास्थित गंगादेव गाउँपालिका-२ हेलुङ खोलाकी ६५ वर्षीया तुलसी कामीको शव फेला परेको रोल्पा प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार तुलसीको शव शुक्रबार बेलुकी ६ बजेतिर घटनास्थलदेखि १० किलोमिटर टाढा माडी गाउँपालिका-१ रिसम्जास्थित चिउरीघाट खोला किनारमा फेला परेको थियो।

तुलसी साउन ३१ गते बुलेका पौने ८ बजेतिर सुख्खा ओडार बजारबाट गोरेटो बाटो हुँदै घर जाने क्रममा लडेर सुक्खा ओडार खोलामा खसेकी थिइन्।

तुलसीको शव दुई ढुंगाकोबीचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्