नेभिगेशन
अदालत

भुटानी शरणार्थी प्रकरण: बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बेचन झालाई  नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाउन आदेश दिएको छ । 

आज काठमाडौं अदालतका न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

 झालाई शरणार्थी प्रकरणमा पक्राउ परेसँगै ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको हो। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्