नेभिगेशन
नेपाल प्रहरी

मध्यरातमा बन्धक बनाइएका क्याम्पस प्रमुखको उद्धार, स्ववियु सभापतिसहित आधादर्जन घाइते

तुलसीपुर । वार्ताका नाममा बिद्यार्थी नेताहरुले दुई दिनदेखि बन्धक बनाइएका क्याम्पसका पदाधिकारीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आर्युबेद बिद्यापिठ बेलझुण्डीमा उद्धार गर्ने क्रममा प्रहरीको लाठी चार्ज बाट ६ बिद्यार्थी नेताहरु घाइते भएका छन् । क्याम्पसका स्ववियु सभापति हेमन्त बञ्जाडेसहित ६ जना घाइते भएका छन ।

नेकपा एमाले निकटको बिद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला सहसचिब नवराज जोशी, क्याम्पसका अनेरास्ववियु इकाइ अध्यक्ष रुपेश मिश्रा, उपाध्यक्ष द्धय खड्क चन्द र धनजित यादब र अनेरास्ववियु इकाइ सदस्य दामोदर भण्डारी घाइते छन्।

घटनाबारे जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले वार्ताका नाममा बिद्यार्थी नेताहरुले दुई दिनदेखि क्याम्पसका पदाधिकारीहरुलाई बन्धक बनाइ राखेको र बाहिर निस्कन नदिएको हुँदा साहेता मागेपछि उद्धारका लागि प्रहरी बेलझुण्डीमा जानुपरेको  बताए ।

संझाउन खोज्दा नमानेपछि सामान्ने बल प्रयोग गर्न बाध्य भएको उनले जानकारी दिए ।

घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले आँफु राति दश बजेतिर क्याम्पस ढोका थुनेर वार्ता भइरहेको अवस्था देखेपछि ढोका फोडेर क्याम्पसका पदाधिकारीहरुको उद्धार गरेको जानकारी दिए ।

क्याम्पस प्रमुख प्रा.डा.रामचन्द्र अधिकारी र निमित्त क्याम्पस प्रमुख डा. देवराज क्षत्रीलाई उद्धार गरि आँफै संगै तुलसीपुुर ल्याइ राखिरहेको पनि उनले जानकारी दिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीलले बिद्यार्थीमाथि लाठी चार्ज गरेको थियो ।

गत फागुन २९ गते क्याम्पस प्रमुख अधिकारीको कार्यकक्षमा स्वतन्त्र बिद्यार्थी युनियनको नाममा बिभिन्न माग राखेर तालाबन्दी हुँदै आएका छ ।

बिद्यार्थीको आन्दोलनको मुख्य कारण परीक्षामा कम नम्बर दिएको बाहानाबाजीमा भइरहेको स्रोत दाबी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्