नेभिगेशन
नेपाल प्रहरी

विदेश पठाउने भन्दै लाखौं ठगी गरेर फरार भएका दुई जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेर फरार भएका दुई जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेको छ।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पार्दै न्युजिल्याण्ड र उज्वेकिस्तान लगायत अन्य देशहरुमा लैजाने भन्दै पीडितहरुबाट लाखौं रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका काभ्रेका ३२ वर्षीय बुद्ध लामा र ४३ वर्षीय मानबहादुर चौधरीलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

ठगी गरेको उजुरीका आधारमा काभ्रेस्थित रोशी गाउँपालिका-६ लेखापानीका बुद्धलाई धुनिखेल र बर्दियाको गेरुवा गाउँपालिका-२ का मानबहादुरलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको एसपी आचार्यले बताए।

एसपी आचार्यका अनुसार बुद्ध विरुद्ध  ७ जनाले जाहेरी दिएको र मानबहादुरविरुद्द ६ जनाले जाहेरी दिएका थिए। पक्राउ परेका दुबै जनाविरुद्ध २२ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ।

पक्राउ परेका दुबै जनालाई आबश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको एसपी आचार्यले जानकारी दिएका छन् ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्