नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ

नेपालगञ्ज । भारतीय सीमावर्ती बजार हुँदै गुलरियातर्फ जाँदै गरेका दुई जनालाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया–नेपालगञ्ज हुलाकी सडकखण्डको भादा पुल नजिकै जाँच गर्दा उनीहरुबाट ३० मिलीग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । भे ११ प १७२३ नम्बरको मोटरसाइकल चढेर आएका गुलरिया–१२ का ३६ वर्षीय अब्दुल सलाम र २१ वर्षीय रेवती प्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवं डीएसपी तुलसीराम अर्यालले पक्राउ गरिएका सलाम र कुर्मीका साथबाट उक्त पदार्थसहित नगद ८२ हजार ७९ रुपैयाँ बरामद गरिएको बताए ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्