नेभिगेशन
नेपाल प्रहरी

हजार रुपैयाँका नक्कली नोटसहित एक जना पक्राउ

ललितपुर । प्रहरीले एक हजार दरका नेपाली नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार नक्कली नोटसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ घर भएर हाल भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का हुन् ।

प्रहरीले ती युवकलाई ललितपुर महानगरपालिका-८ सौगलमा रहेको उनको कोठाबाट १ हजार दरका ११५ थान नक्कली नोट, एक हजारको सक्कली नोट  र फोटोकपी मेसिनसहित पक्राउ गरेको जनाएको छ। 

पक्राउ परेका रमेशलाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्