नेभिगेशन
नेपाल प्रहरी

३ लाख बराबरको अबैध भन्सार छलीका सामाग्री बरामद

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भन्सार छलीको करिब ३ लाख रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

बाँके प्रहरीले नेपालगन्ज-१ धम्बोझीमा चेकजाँच का क्रममा भारतबाट नेपालगन्ज भित्र्याइएको २ लाख ९७ हजार ६५० रुपैयाँका धाराका पाटपुर्जा, आइसक्रीम पाउडर र स्टिक लगायतका सामाग्री बरामद गरेको हो।

प्रहरीले बरामद गरेको सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्