नेभिगेशन
नेपाल प्रहरी

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गर्ने युवक पक्राउ

पर्सा । नेपाल प्रहरीको टोलीले सामाजिक सञ्जाल मार्फत समाजमा अराजकता फैलाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साले अराजकता फैलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१  वर्षीय ओम कुमार पटेललाई आज सोही वडाकै प्रतिमाचोक नजिकबाट पक्राउ गरेको जानकारी दिएको छ । 

पक्राउ परेका ओमले सामाजिक सञ्जाल मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेको  जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको छ ।

प्रहरीले पक्राउ परेका ओमसँग थप अनुसन्धान गरिरहेको जनाउँदै उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर मुद्दा  दर्ता गर्ने तयारी गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्