नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीद्वारा रौतहटबाट हुण्डीको ३३ लाख रुपैयाँ बढी बरामद

रौतहट । सशस्त्र प्रहरीले  रौतहटबाट ६ महिनाको अवधिमा हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको थियो । 

मोटरसाईकलको सीट मुनि लुकाएर उक्त रकम ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत भारतीय हुन्डी कारीवारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन्। 

गत माघ ५ गते ५ लाख ९४ हजार सहित एक जना मानिसलाई मोटरसाइकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। २०८० पुस २० गते ५ लाख ११ हजार, ८७५ रुपैयाँसहित दुई मानिस एकथान मोटरसाइकल, सोही दिन भारतीय रुपैयाँ ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ गरेका थिए । 

माघ महिना देखि असारको दोस्रो सातासम्म सशस्त्र प्रहरीले रौतहटको विभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैयाँसहित ५ जना हुन्डी कारोबारमा संलग्न मानिसलाई पक्राउका साथै उनीहरूको ३ थान मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्