नेभिगेशन
नेपाल प्रहरी

१ करोड ३५ लाखका अवैध कपडासहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार छ्ली गरि ल्याएको झण्डै साढे १ करोड रुपैयाँ बराबरको अवैध लत्ताकपडासहित दुई जना भारतीयलाई नियन्त्रणमा   लिएको छ।

मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाको रातोमाटेबाट १ करोड ३५ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो।

वीरगन्जबाट हेटौंडा जाने मुख्य प्रवेशद्वार नेपाल भारत सीमावर्ती बजार रक्सौलसँग सीमा जोडिएको रातामाटेबाट डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको करोडौंका अवैध लत्ताकपडा बरामद गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार काठमाडौं जाँदै गरेको उक्त ट्रकमा बाहिर प्रहरीलाई झुक्याउन भन्सार गरिएको ३४५ आलुका बोरा र भित्र अवैध  लत्ताकपडा राखिएको थियो। कपडासहित प्रहरीले ट्रक चालक भारतको बिहारस्थित मोतिहारी चम्पारण सपहीका ३० वर्षीय जन्दार आलम र पूर्वी चम्पारण चौलाहीका १९ वर्षीय सहचालक मुना मियालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले बरामद गरेको लत्ताकपडामा कुर्ता सुरुवाल लगायत लेडिज कपडा हुन् । मकवानपुर प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्