नेभिगेशन
नेपाल प्रहरी

शान्त र भयरहित समाज बनाउन सबैको सहयोग आबश्यक छ: इन्स्पेक्टर परियार

रामपुर(पाल्पा)। पाल्पास्थित इलाका प्रहरी कार्यालयमा सरुवा भएर गएका नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) राम बहादुर परियारले जनप्रतिनिधिहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

जिम्मेवारी सम्हालेको पहिलो भेटघाट आफ्नो क्षेत्रको शान्तिसुरक्षा , नागरिक सेवा र नजिकिदै गरेको चाडपर्वका लागि  लक्षित शान्तिसुरक्षाका बारेमा  त्यस क्षेत्रको रामपुर नगरपालिकका वडा नम्बर १ देखि १० नम्बरसम्मका वडाध्यक्ष ,  जनप्रतिनिधि ,राजनीति दल तथा पूर्व प्रहरी कर्मचारीहरुसँग प्रहरी निरीक्षक परियारले आज छलफल गरेका हुन् ।

छलफलका क्रममा जनप्रतिनिधि तथा राजनीति दलको सुझाव लिदै आफुले आफ्नो क्षेत्रको शान्तिसुरक्षा र नागरिकलाई दिने सेवा चुस्तदुरुस्त राख्ने प्रहरी निरीक्षक परियारले बताए।  छलफलका क्रममा उपस्थित सबैले प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिवद्द्ता जनाएको परियारले जानकारी दिए ।

छलफलका क्रममा प्रहरी निरीक्षक परियारले गलत गर्नेलाई बचाउनलाई कसैले पनि सिफारिस नगरिदिन आग्रह गरेका थिए । शान्त र भयरहित समाज बनाउन सबैको सहयोग आबश्यक रहेको बताउँदै प्रहरी निरीक्षक परियारले प्रहरी मेरो साथीको अवधारणा अनुसार कार्य गर्ने बताएका थिए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्