नेभिगेशन
नेपाल प्रहरी

८ फिट लामो चितुवाको छालासहित एक युवक पक्राउ

काठमाडौं  बझाङबाट चितुवाको छालासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

बझाङ प्रहरीका अनुसार प्रहरीले चितुवाको छालासहित जयपृथ्बी नगरपालिका-१० चैनपुर बजारका खगेन्द्र राज जोशीलाई  पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले  शुक्रबार राति चेकजाँचका क्रममा जोशीले बोकेको सिमेन्टको बोराभित्र लुकाईछिपाई राखेको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८ फिट २ इन्च र छातीको चौडाइ ३ फिट २ इन्च भएको सेतोमा कालो, खैरो रङ्गको बुट्टा भएको दाँत र पन्जा सहितको चितुवाको छाला बरामद गरेको  जनाएको छ।

बझाङ प्रहरीले पक्राउ परेका जोशीसँग थप अनुसन्धान गरिरहेको र आबश्यक कारबाहीका लागि बन कार्यालयमा बुझाउने जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्