काठमाडौँ । इजरायलले गरेको आक्रमणमा कम्तीमा ४९२ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी तीव्र र व्यापक इजरायली हवाई हमलामा कम्तीमा ४९२ जनाको मृत्यु भएको जनाएको छ ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले लेबनानमा इजरायली आक्रमणमा मर्नेहरूको सङ्ख्या ४ सय ९२ पुगेको बताए । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् ।
जुन त्यहाँ झन्डै २० वर्षमा द्वन्द्वको सबैभन्दा घातक दिन हो। अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन् ।”
उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध शुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।
इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरेलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।
मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरू पनि छन् । विश्व शक्तिहरूले इजरेल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् ।
पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।