नेभिगेशन
सशस्त्र प्रहरी

बाणगंगा नदीमा बेपत्ता भएका पुरुषको शवलाई भेटायो सशस्त्रको विपद व्यवस्थापन टोलीले

कपिलवस्तु । कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जना पुरुषको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

जिल्लास्थित बाणगंगा नगरपालिका-५ र ७ को सीमानामा पर्ने कजगई बाणगंगा नदीमा भैंसी चराउन गएका एक पुरुष आज दिउँसो ४ बजे  पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नं.२८ गण मातहत रहेको सुरक्षा बेस पिपराबाट डीएसपी नवीन कुमार अग्रहरीको कमाण्डमा गएको विपद व्यवस्थापनको टोली र  इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर लोकेन्द्र डिसीसहितको टोली खोजतलास तथा उद्धार कार्यमा तत्काल परिचालित भएको थियो।

खोजतलासका क्रममा सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले करिब ४० मिनेटपछि डुबेर बेपत्ता भएका स्थानीय ३७ वर्षीय रामु खनालको शव फेला पारेको सशस्त्र प्रहरी बल नं.२८ गणले जनाएको छ।

खनालको शवलाई फेला पारेर आबश्यक कारबाही पश्चात् नेपाल प्रहरीको जिम्मा लगाइएको  सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्