बाँके । “लागू औषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान-२०८१” अन्तर्गत आज बाँके जिल्लाको मुख्य सिमानाका जमुनाह स्थित नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागू औषध सम्बन्धि तालिम प्राप्त कुकुरहरु द्वारा नेपाल भारत आवतजावत गर्ने मानिसहरु तथा समानहरुको चेकजाँच गरिएको छ ।